बजारमा महंगी झन् झन् बढ्याे
चालु आर्थिक वर्षको चैतमा बजार महँगी ७.७६ प्रतिशतले बढेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।काठमाडौं, वैशाख २७ : राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांकले विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको तथ्य उजागर गरेको छ। विदेशी मुद्राको सञ्चिति २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो।
तथ्याङ्क अनुसार २०७९ चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ। नौ महिनाको अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७.२८ प्रतिशत थियो।
चालु आर्थिक वर्षको चैतमा बजार महँगी ७.७६ प्रतिशतले बढेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत महँगी छ। गत वर्षको सोही समयमा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत महँगी थियो।
तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको नौ महिनामा बैंकहरूमा निक्षेप ७ प्रतिशतले बढेको छ। कर्जा प्रवाह ३.५ प्रतिशतले बृद्धि भएको छ। आयात ९ महिनामा १८.१ प्रतिशत रहेको छ भने निर्यात २६.३ प्रतिशतले घटेको छ। व्यापार घाटा १७.१ प्रतिशतले घटेको तथ्याङ्कले औंल्याएको छ।
चैत सम्म कुल वस्तु निर्यातमा २६.३ प्रतिशतले कमी आएको छ। यस अवधिमा वस्तु निर्यात ११८ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो।
संघीय सरकारको खर्च चालू आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड भएको छ भने राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड भएको छ। आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आएको छ। कुल वस्तु आयात १२०१ अर्ब ५१ करोड कायम भएको प्रतिवेदनले औंल्याएको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ३२.० प्रतिशतले बढेको थियो।
यता, सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको देखिएको छ। समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोडले घाटामा छ। अघिल्लो वर्षको यही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा थियो।