Kathmandu Press

बजेट नियन्त्रित र विस्तारकारी बनाउनुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेटको आकार घटाउन थालिएमा अर्थतन्त्रमा झन् सङ्कुचनतर्फ जाने उल्लेख गर्दै उनले अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य विकल्प नभएको बताए।
बजेट नियन्त्रित र विस्तारकारी बनाउनुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं, वैशाख २७ : पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त हुने सुझाव दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले निश्चित क्षेत्रमा विस्तारकारी र अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्ने बताए।  
 
‘वर्तमान अवस्थामा देखिएका आर्थिक सङ्कुचन तथा भविष्यमा आउन सक्ने वित्तीय क्षेत्रको चुनौतीलाई सम्बोधन गर्न गम्भीर भएर सोचौं, आर्थिक सङ्कुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित गराउन उपयुक्त बजेट निर्माण गर्नु आवश्यक रहेको छ’, उनले भने।

Hardik ivf

अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेटको आकार घटाउन थालिएमा अर्थतन्त्रमा झन् सङ्कुचनतर्फ जाने उल्लेख गर्दै उनले अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य विकल्प नभएको बताए।

आर्थिक गतिविधि बढाउन बजेट बढाउँदा स्रोत व्यवस्थापनको चुनौतीलाई ध्यान दिनु आवश्यक छ। यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिनुपर्ने बताए।

उनले आर्थिक वर्षको बजेट नियन्त्रित हुनुपर्नेमा जोड दिए। उनले केही क्षेत्रको खर्च कटौती गर्नुपर्ने र मन्त्रालयहरूको पुँजीगत खर्च १० प्रतिशतले कटौती गर्ने योजनालाई अघि बढाउनुपर्नेमा जोड दिए।
 
‘अर्थतन्त्रको संकुचन देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनमा जान्छ। स्रोत व्यवस्थापनका लागि निजी क्षेत्रलाई प्रोत्सोहान गर्नुपर्छ,’ उनले भने।

 

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्