Kathmandu Press

सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्णः थापा

काठमाडौं, माघ १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर....

सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्णः थापा

काठमाडौं, माघ १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहिदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले द्वन्द्वकालमा भएका जनधनको क्षतिको यथार्थ बुझ्न गठित आयोग राजनीतिक दलको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको बताए।

उनले भागबण्डाका आधारमा बनेको आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पीडितले न्याय पाउनेमा शंका व्यक्त गरे।

उनले ‘सहिदका सपना साकार पार्ने’ भनेर सरकारी दस्तावेजहरुमा ठूल्ठूला  अक्षरले लेखिएतापनि कार्यान्वयन ठीक विपरीत हुने परिपाटीले सहिदहरुको उचित सम्मान हुन नसकेकोमा बताए। देश र जनताको निमित्त साहदत प्राप्त गरेका विर सहिदहरुको सम्मान र परिवारको संरक्षणमा राज्यले यथोचित ध्यान नदिएकोप्रति भन्दै अध्यक्ष थापाले परिवारजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताए।

जनताले अब पार्टीको रैती होइन स्वाभीमानी राष्ट्रवादी नेपाली भएर सोच्दै आफ्नो विवेकको प्रयोग गर्ने अवस्था निर्माण गर्नु पर्ने बताए। जनताले पार्टीको रैतीको भूमिका मात्र निर्वाह गरेका कारण हत्यारा, बलत्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने उनको भनाइ छ।
 

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्