यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना
न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ ।एजेन्सी, वैशाख २७ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ ।
लेखिका जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दयार गरेकी थिइन् ।
डोनाल्ड ट्रम्पले अदालतको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘मलाई यी महिला को हुन् भन्ने बिल्कुलै थाहा छैन । यो निर्णय अपमान हो ।’
लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।
प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१