सत्य निरुपण र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप
काठमाडौं, माघ १६ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक वर्ष थप गरेको छ।
<....
काठमाडौं, माघ १६ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक वर्ष थप गरेको छ।
गत माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। दुवै आयोगको म्याद चैतमा सकिँदै थियो।
एक साता अघिमात्रै सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गरेको थियो।
प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











