Kathmandu Press

करमा केही घरनालाई पोस्ने काम अहिलेको सरकारबाट हुँदैन : अर्थमन्त्री महत

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउन समयमा नै पूँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताए।
करमा केही घरनालाई पोस्ने काम अहिलेको सरकारबाट हुँदैन : अर्थमन्त्री महत

काठमाडाैं, वैशाख २६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउन समयमा नै पूँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताए।

Hardik ivf

उनले समयमा नै पूँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राखे। अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्ति अन्त्य गर्न पहिलो दिनदेखि महिना महिनामा अनुगमन गर्ने उनले बताए।

मन्त्री महतले राजस्व चूहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे। उनले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताए। उनले करमा केही घरनालाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रीत हुनुपर्ने भन्दै उनले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गरे। उनले अनावश्यक साधारण खर्च नगर्ने प्रतिबद्धअता सहितको बजेट उन्मुख हुने पनि बताए।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थीतिलाई मध्यनगर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए। अहिलेको चूनौतिपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उनले बताए।

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्