भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो।खरगोन, वैशाख २६ : मध्य प्रदेशको खरगोन जिल्लामा मंगलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
सो घटना मंगलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो।
खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन्, 'खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ।'
प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। घटना बारे अनुसन्धान जारी छ।
प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१