Kathmandu Press

क्रिस गेलले पोखरा राइनोजबाट इपीएल खेल्ने

काठमाडौं, माघ १६ : वेष्ट इण्डिज विस्फोटक ब्याट्सम्यान क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्ने भएका छन्। 

....
क्रिस गेलले पोखरा राइनोजबाट इपीएल खेल्ने

काठमाडौं, माघ १६ : वेष्ट इण्डिज विस्फोटक ब्याट्सम्यान क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्ने भएका छन्। 

चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने इपीएलमा गेलले पोखरा राइनोजबाट खेल्ने भएका हुन्। बिहीबार पत्रकार सम्मेलन गरी पोखरा राइनोसले गेललाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी दिएको हो। 

वेष्ट इण्डिजका स्टार खेलाडी गेल तीन वटै फर्म्याटको क्रिकेटमा कीर्तिमान बनाउन सफल खेलाडी हुन्। इपीएल खेल्न ४० वर्षीय गेल मार्च १२ मा नेपाल आउने छन्।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्