Kathmandu Press

पर्यटनबाट श्रीलंकाले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए। 
पर्यटनबाट श्रीलंकाले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

काेलम्बाे, वैशाख २५ : श्रीलंकाले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो।

श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए। 

Hardik ivf

श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गर्नुभएको थियो।

यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो। प्राधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ।

प्रकाशित मिति: १८:३० बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्