Kathmandu Press

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो।
भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली, वैशाख २५ : भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो।

'पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,' प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन्।

घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। 

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्