Kathmandu Press

सामसुङको फाइब–जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

सियोल, माघ १६ : विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ।<....

सामसुङको फाइब–जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

सियोल, माघ १६ : विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ। साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ।

सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारणसहितको फाइब–जी ग्यालेक्सी एस–६ ट्याब बिक्रीमा ल्याएको हो।

यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ।

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, माघ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्