Kathmandu Press

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

हाङझाउ, माघ १६ : अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि एक करोड ४४ लाख अमेरिकी डलर अनुदान दि....

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

हाङझाउ, माघ १६ : अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि एक करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।

यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका संस्थापक ज्याक माले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताएका छन्।

उनले आफ्नो फाउन्डेसनले भाइरसविरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताएका छन्।

यस अघि अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनियाँ युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ।

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, माघ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्