Kathmandu Press

विराटनगरमा पुनः रात्री उडान गर्दै बुद्ध एयर

काठमाडौं, माघ १६ : बुद्ध एयरले काठमाडौं–विराटनगर पुनः रात्रीकालिन उडान सुरू गर्ने भएको छ।

खराब मौषमका कारण गत नोभेम्बरदेखि बन्द भएको व....

विराटनगरमा पुनः रात्री उडान गर्दै बुद्ध एयर

काठमाडौं, माघ १६ : बुद्ध एयरले काठमाडौं–विराटनगर पुनः रात्रीकालिन उडान सुरू गर्ने भएको छ।

खराब मौषमका कारण गत नोभेम्बरदेखि बन्द भएको विराटनगर उडान माघ १८ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेको छ। बुद्ध एयरका बजार व्यवस्थापक रुपेश जोशीका अनुसार मौसम तथा भिजिबिलिटीका कारण स्थगित भएको विराटनगर उडान पुनः सुरू गर्न लागिएको हो।

काठमाडौबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७.३५ मा हुनेछ। रात्रीकालिन उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकी विराटनगर फर्किने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै पनुः सुरु गर्न लागिएको उनले बताए।

बुद्धले हाल काठमाडौं–विराटनगर दैनिक आठ उडान गर्दै आएको छ। हाल बुद्धले जनकपुर, भद्रपुर र विराटनगर विमानस्थलमा रात्रीकालिन उडान गर्दै आएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाहेक भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल गरि सात वटा विमानस्थलमा रात्रीकालिन उडान हुदै आएको छ।

त्यस्तै, बुद्धले माघ १८ गतेदेखि नयाँ गन्तव्यका रुपमा काठमाडौं–राजविराज दैनिक एक उडान सुरू गर्ने भएको छ। माघ २० गतेदेखि साताको तीन दिन (सोमबार, बुुधार र शुक्रबार) पोखरा–विराटनगर उडान सुरु हुने जनाएको छ।

बुद्धले यसअघि काठमाडौं–सुर्खेतको गन्तव्य विस्तार गरेको थियो।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, माघ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्