Kathmandu Press

चर्चित युवा नेता कन्हैया कुमार पक्राउ

काठमाडौं, माघ १६ : भारतमा चर्चित युवा नेता एवं जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमार पक्राउ परेका छन्।

बिहीबार उनलाई बिहारको चन....

चर्चित युवा नेता कन्हैया कुमार पक्राउ

काठमाडौं, माघ १६ : भारतमा चर्चित युवा नेता एवं जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमार पक्राउ परेका छन्।

बिहीबार उनलाई बिहारको चन्पारणबाट प्रहरीले पक्राउ गरेको हो। यसको जानकारी कन्हैया आफैले ट्वीटरमार्फत दिएका छन्। भितिहरवाको गान्धी स्मारक संग्राहलयभित्र समर्थकका साथ गइरहेका वेला आफुलाई प्रहरीले हिरासतमा लिएको उनले बताएका छन्।

यद्यपी बेतियाका एसपी निताशा गुगियाले बीबीसी हिन्दीसँग कुरा गर्दै कन्हैया हिरासतमा नरहेको बताएका छन्। ‘कन्हैया हिरासतमा छैनन्। उनलाई स्मारकको भित्र जान मात्रै रोक लगाइएको हो,’ उनले भनेका छन्।

तर, कन्हैयाले ट्वीट गर्दै भनेका छन्, ‘आज बापू धाम (चन्पारण)मा गान्धीजीको दर्शन गरेर गरिब विरोध सिएए–एनआरसी–एनपीआरको विरोधमा एक महिनाको जनगणमन यात्रा सुरु हुनेवाला थियो। समाजका सबै तप्काका मानिस यो यात्रामा सहभागि हुन आएका थिए। तर, प्रशासनले केही बेर अघि सबैलाई हिरासतमा लिएको छ।’

प्रहरीले हिरासतमा लिएपछि उनले भनेका छन्, ‘अहिले त देशमा ¥याली गर्न अनुमति लिनुपरिरहेको छ। अब स्वाँस लिन पनि अनुमति लिनुपर्नेछ। प्रहरीले हिरासतमा लिएको छ। हामीसँग नागरिकता सावित गर्न कागज मागिरहेको छ। र प्रहरी पक्राउ पूर्जी देखाउन समेत तयार छैन।’

बुधबार कन्हैयाले सिएए–एनआरसी–एपीआरको विरोधमा एक महिना लामो जनगणमन यात्रा गर्ने बताएका थिए। उनले बिहारका लगभग सबै प्रमुख शहरमा यात्रा गरिने र करिब ५० हजार मानिस सहभागि हुने बताएका थिए।

कन्हैयाको र्‍यालीमा सहभागि भएको मानिसले उनको पक्राउको विरोधमा भितिहरवाको गान्धी आश्रम बाहिर शान्तिपूर्ण धर्ना सुरू गरेका छन्। आश्रमभित्र जान अनुमति नभएका कारण र आश्रमको क्षमता भन्दा धेरै भिड जम्मा भएका कारण कन्हैयालाई नियनत्रणमा लिएको एसपी निताशा गुन्डियाको भनाइ छ।

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्