रुपन्देहीमा दुई बालबालिकासहित दम्पति मृत भेटिए
रुपन्देही, माघ १६ : रुपेन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा दुई बालबालिकासहित दम्पति मृत भेटिएका छन्।
भारतको बिहारका ३० वर्षी....

रुपन्देही, माघ १६ : रुपेन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा दुई बालबालिकासहित दम्पति मृत भेटिएका छन्।
भारतको बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी पत्नी २८ वर्षीया सद्धव खातुन, छोरा ६ वर्षीय सुल्तान रजा र छोरी दुई वर्षीया सहिना खातुन मृत भेटिएका हुन्। उनीहरू बसेकै घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरू बसेको सटरभित्र तीनतिर बोराका चाङ रहेका छन्। सुतेको वेला बोराले नै च्यापिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पुर्याइएको छ।
प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











