Kathmandu Press

निर्मला पन्त हत्या प्रकरण : दिलिप विष्टलाई फेरि पक्राउ गर्न प्रहरी मुख्यायलको दबाब

भीमदत्तनगर, माघ १६ : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा मानसिक सन्तुलन गुमाएका दिलिपसि....

निर्मला पन्त हत्या प्रकरण : दिलिप विष्टलाई फेरि पक्राउ गर्न प्रहरी मुख्यायलको दबाब
स्केच

भीमदत्तनगर, माघ १६ : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा मानसिक सन्तुलन गुमाएका दिलिपसिंह  विष्टलाई नै पक्राउ गर्न प्रहरी मुख्यालयले दबाब दिएको पाइएकाे छ।

प्रहरी स्राेतका अनुसार उनलाई पक्राउ गर्न आनाकानी गर्ने अनुसन्धान अधिकृत हटाइँदै आएका छन् भने अहिले नेपाल प्रहरीको केन्द्रीय टोली नै खटिएको छ। केन्द्रको निर्देशनअनुसार, काम नगर्दा डेढ वर्षको अवधिमा चार जना अनुसन्धान अधिकृत फेरिएको पाइएकाे छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ।

सुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकीन्द्र खड्का खटिएका थिए। निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत खड्कासहित सात प्रहरी निलम्बितमा परेका थिए ।

गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टलाई घटनाको केही महिनापछि सेवाबाटै बर्खास्त गरेको थियो।

निर्मला हत्या प्रकरणमा  डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेका छन्। सुरुका अनुसन्धान अधिकृत खड्का निलम्बनमा परेपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सम्हालेका थिए। उनीपछि सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो।

यसपछिका  प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको छ।

प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै उक्त घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा गरिएको छ। उनी पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताए। ‘उहाँ उपचारका लागि बिदा जानुभएको हो,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने।

प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट केही दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्तनगर पुगेका छन्। यो प्रकरणपछि दुई जना जिल्ला प्रहरी कार्यालय प्रमुखको पनि सरुवा भइसकेको छ।

२०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको छ। पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डिएनएको नमूना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष चार महिनाअघि गृहमन्त्रालयलाई दिएको थियो।

झण्डै दुई महिनायता प्रहरीको टोलीले दिलीपसिंह विष्टलाई नै अभियुक्त बनाएर अभियोजन सरकार वकिल कार्यालय कञ्चनपुर लैजान चाहे पनि बाह्य परिस्थितिले रोकिएको प्रहरी स्रोतको भनाइ छ। ‘भिडियो क्लिपकै आधारमा दिलीपलाई पक्राउ गरेर प्रक्रिया अघि बढाउन सकिन्न भन्ने सरकारी वकिलको जवाफपछि प्रहरी पछि हटेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘दिलीप पक्राउ गर्न केन्द्रबाटै दबाब पनि छ।’

गत भदौ तेस्रो साता निर्मलाका आमा दुर्गादेवी पन्तले पनि दिलीपसिंह विष्टको नाममा किटानी जाहेरी दिए पनि सुनुवाइ भएको छैन। यसअघिकै जसरी सरकारी वकिलले विष्टलाई प्रमाण नपुगेको भन्दै छाडेपछिको अवस्था के हुने भन्ने चिन्ता अनुसन्धानमा खटिएका प्रहरी अधिकृत वृत्तमा छ। (राससकाे सहयाेगमा)

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्