चार्ल्स तृतीयले पहिरिए राजमुकुट
लन्डनको वेस्टमिन्स्टर आबीमा विशेष समारोहबीच आर्चबीसप अफ क्यान्टरबरीले चार्ल्स तृतीयलाई राजमुकुट पहिर्यादिए।
लन्डन, वैशाख २३ : बेलायतका राजा चार्ल्स तृतीयले राजमुकुट पहिरएका छन्। लन्डनको वेस्टमिन्स्टर आबीमा विशेष समारोहबीच आर्चबीसप अफ क्यान्टरबरीले चार्ल्स तृतीयलाई राजमुकुट पहिर्यादिए।
२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेलामात्रै पहिरन्छन्। सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीं भएको थियो।
बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४०औं राजा हुन् ।
७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए।
राज्यभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागी भएका थिए। राज्यभिषेकमा गोर्खा सैनिकहरु पनि सहभागी भएका थिए।
प्रकाशित मिति: १९:१४ बजे, शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












