कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर
पनौती नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा कुशादेवी, कुशादेवी युवा क्लब र हिमाल बहुउद्देश्यीस सहकारीको संयुक्त आयोजना भएको स्वास्थ्य शिविरमा कुशादेवी हेल्थ केयरले प्राविधिक सहयोग गरेको थियो।
काभ्रे, वैशाख २३ : काभ्रेको कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाडौंको प्राविधिक सहयोगमा भएको स्वास्थय शिविरबाट ३ सय ५० जनाले लाभान्वित भएका छन्।
पनौती नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा कुशादेवी, कुशादेवी युवा क्लब र हिमाल बहुउद्देश्यीस सहकारीको संयुक्त आयोजना भएको स्वास्थ्य शिविरमा कुशादेवी हेल्थ केयरले प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले नागरिकको स्वास्थ्यमा नगरपालिकाले विभिन्न शीर्षकमा लगानी गर्दै आएको र विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै सेवा प्रदान गरेको बताइन्। उनले निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

लायनस क्लबकी द्वितीय भाइस डिस्टि«क गर्भनर पार्वती खरेल पाण्डेले लायन्सको उद्देश्य नै सेवा भएकोले आफूहरू सेवाका लागि सदैव तत्पर रहेको बताइन्। आफू जन्मे हुर्केको ठाउँम सेवा गर्न पाउनु खुशीको विषय भएको बताइन्।
यस्तै, कार्यक्रममा पनौती नगरपालिकाका पूर्वप्रमुख भीम न्यौपाने, शिक्षासेवी रामप्रसाद अधिकारी लायन्स क्लबका ‘पढाऔं अभियान’का डिष्ट्रिक्ट कोअर्डिनेटर विष्णु भण्डारी, लायन्स क्लबका रिजन चेयरपर्सन प्रल्हाद शर्मा हुमागाई, रेडक्रस सोसाइटी कुशादेवी उपशाखाका सभापति टंकप्रसाद हुमार्गाइ, हिमाल बहुउद्देश्यीस सहकारीका अध्यक्ष दिपक न्यौपाने, कुशादेवी माविका प्रअ श्याम भुजु, कुशादेवी युवा क्लबका अध्यक्ष दिपेश घिमिरेलगायतले पनि बोलेका थिए।

शिविरमा जनरल मेडिसिन, दन्त परीक्षण, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाड जोर्नी तथा नशा, नाक, कान, घाँटी, आँखा रोग, इ.सि.जी, भिडियो एक्सरे, ल्याब टेष्ट–पिसाब, युरिक एसिडलगायतको विशेषज्ञले सेवा प्रदान गरेका थिए।
सोही कार्यक्रममा प्रेम–कर्म छहारी फाउण्डेशनका तर्फबाट लायन्स क्लबअफ काठमाडौं प्रोस्पेरिटीले सिओपीडीका बिरामीलाई निःशुल्क ५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।

सो सिलिन्डर कुशादेवी हेल्थ केयरमा राखिने र सिओपीडीका बिरामीलाई आवश्यक पर्दा निःशुल्क पठाइने र बिरामीको स्वास्थ्य लाभ लिएपछि पुनः कुशादेवी हेल्थ केयरमा फिर्ता गर्नेगरी ती अक्सिजन सिलिण्डर उपलब्ध गराइएको फाउन्डेशनका उपाध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।
यस्तै, लायन्स क्लबअफ काठमाडौं प्रोस्पेरिटीका सदस्यद्वारा संकलिन ८ सय थान पुस्तक स्थानीय विद्यालयका पुस्तकालय स्थापनाका लागि हस्तान्तरण गरिएको थियो।










-(86)-1764936079.jpg)


-1764760320.jpg)