Kathmandu Press

नेपाल प्रहरी र स्काउटवीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, माघ १६ : नेपाल प्रहरी र नेपाल स्काउट बिच आज ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

....
नेपाल प्रहरी र स्काउटवीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, माघ १६ : नेपाल प्रहरी र नेपाल स्काउट बिच आज ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल स्काउट केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरे । अब नेपाल प्रहरी र नेपाल स्काउट बीच केन्द्रीय तहदेखि जिल्ला, पालिका स्तरसम्म ‘समुदाय–प्रहरी साझेदारी’ को अवधारणा अनुरुप साझेदारी र सहकार्य हुने छ । नेपाल स्काउटका जिल्ला, पालिका स्तरका संरचनाहरु समुदाय–प्रहरी साझेदारीका जिल्ला र पालिका समितिका सदस्यको रुपमा रहने छन् ।

अपराध रोकथाम, सुरक्षा सचेतना अभिवृद्धिका सामुदायिक र विद्यालय सम्पर्क कार्यक्रमहरु संयुक्त रुपमा कार्यान्वयन गरिनेसम्झौता पत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल स्काउटका संयोजक भण्डारीले कार्यक्रम अत्यान्तै सान्दर्भिक भएको बताउँदै स्काउटका तर्फबाट गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न नेपाल स्काउट तयार रहेको र स्काउट सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाढी बढ्नु पर्नेमा जोड दिए ।

उनले आगामी दिनमा संचालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास गरिने बताए । भण्डारीले नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गरे । यसैगरी प्रहरी महानिरीक्षक खनालले अबका दिनमा समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताए ।

उनले स्काउटसँगको सहकार्यमा केन्द्रदेखी स्थानीय तहसम्म सहकार्य गरेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको हुँदा सबैको सक्रिय सहयोगको अपेक्षा गरिएको बताए । शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा नेपाल प्रहरी र नेपाल स्काउटको साझा सहभागिता, समन्वय, र सहकार्यलाई अझ बढवा दिने उदेश्यकासाथ शुरुवात गरिएको प्रहरी प्रमुख खनालले बताए । कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कार्यक्रमको अवधारणा र उदेश्यको बारेमा प्रकाश पारे । 

प्रकाशित मिति: ०७:३६ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्