जन्मदिनमा चन्द्रागिरिको केलवकार निःशुल्क
काठमाडौं, माघ १५ : चन्द्रागिरि हिल्सले पर्यटन प्रवर्द्धनका लागि नयाँ योजना सार्वजनिक गरेको छ।
हिल्सले बुधबार एक प्रेस विज्ञप्ति जारी गर....

काठमाडौं, माघ १५ : चन्द्रागिरि हिल्सले पर्यटन प्रवर्द्धनका लागि नयाँ योजना सार्वजनिक गरेको छ।
हिल्सले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी जन्मदिनको अवसरमा निःशुल्क केवलकार सेवा प्रदान गर्ने जनाएको छ। चन्द्रागिरि भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले नयाँ योजना ल्याइएको बताइएको छ।
विज्ञप्तिमा भनिएको छ,‘पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ।’
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।










-1754206481.jpg)
