Kathmandu Press

काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ।
काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

श्रीनगर, वैशाख २२ : भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले बिछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ।
 
सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चट्टानी र भिरालोे क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतङ्ककारीहरूको एक समूहलाई भेटेको छ।' त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए। 

सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन्। यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन्।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्