Kathmandu Press

जन्मदिनमा चन्द्रागिरि केलवकार निशुल्क

काठमाडौं, माघ १५ : चन्द्रागिरि हिल्सले पर्यटन प्रवद्र्धनका लागि नयाँ योजना सार्वजनिक गरेको छ।

हिल्सले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जन्म....

जन्मदिनमा चन्द्रागिरि केलवकार निशुल्क

काठमाडौं, माघ १५ : चन्द्रागिरि हिल्सले पर्यटन प्रवद्र्धनका लागि नयाँ योजना सार्वजनिक गरेको छ।

हिल्सले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जन्मदिनको अवसरमा निशुल्क केवलकार सेवा प्रदान गर्ने जनाएको छ।

चन्द्रागिरि भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले नयाँ योजना ल्याइएको बताईएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, माघ १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्