भारतमा सडक दुर्घटना, एकै परिवारका ११ जनाको मृत्यु

नयाँ दिल्ली, वैशाख २१ : भारतको केन्द्रीय राज्य छत्तीसगढमा बिहीबार भएको सडक दुर्घटनामा पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकमा बालकलाई राजधानी रायपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्ररहीले जनाएको छ।
स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।
प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












