नेकपा महाधिवेशन ०७७ चैत अन्तिम साता गर्ने प्रस्ताव
काठमाडौं, माघ १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको महाधिवेशन अर्को वर्षको अन्तिममा गर्ने प्रस्ताव गरेको छ।
बुधब....

काठमाडौं, माघ १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको महाधिवेशन अर्को वर्षको अन्तिममा गर्ने प्रस्ताव गरेको छ।
बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो। बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीको महाधिवेशन २०७७ को चैत २५ देखि ३० सम्म गर्न प्रस्ताव गरिएको छ।
यस्तै, सोही वर्ष भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव अघि सारिएको छ। २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो।
पार्टी एकता हुँदा एकता महाधिवेशन दुई वर्षभित्र गर्ने घोषणा गरिएको थियो। सोही अनुसार केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरिएको छ।











