Kathmandu Press

रोहितले गरे इन्डोनेशियन क्बल पेर्सिजासँग दुई वर्षको सम्झौता

काठमाडौं, माघ १५ : नेपाली राष्ट्रिय फुटबल टिमका स्टार मिडफिल्डर रोहित चन्दले इन्डोनेशियाको ए डिभिजन क्लब पेर्सिजा जाकर्तासँग सम्झौता नवीकरण गरेका छन्।....

रोहितले गरे इन्डोनेशियन क्बल पेर्सिजासँग दुई वर्षको सम्झौता

काठमाडौं, माघ १५ : नेपाली राष्ट्रिय फुटबल टिमका स्टार मिडफिल्डर रोहित चन्दले इन्डोनेशियाको ए डिभिजन क्लब पेर्सिजा जाकर्तासँग सम्झौता नवीकरण गरेका छन्। सम्झौतासँगै उनी सन् २०२१ सम्म पेर्सिजामा रहेन छन्।

सन् २०१३ देखि लागतार इन्डोनेशियन लिग खेलिरहेका रोहितले बुधबार पेर्सिजासँग दुई वर्षको औपचारिक सम्झौता गरेका हुन्। रोहित सन् २०१४ बाट लागतार पेसिर्जाबाटै इन्डोनेशियन लिग खेल्दै आएका छन्। दुई वर्षको औपचारिक सम्झौता गरेपनि रोहितलाई इन्डोनेशियाभन्दा बाहिरबाट राम्रो प्रस्ताव आएमा भने पेर्सिजाले उनलाई रिलिज गर्ने शर्तमा सम्झौता भएको रोहितका दाइ रोबिनले जानकारी दिए।  

क्लबसँगको मौखिक सहमतिपछि रोहित अघिल्लो सातादेखि नै पेर्सिजाबाट अभ्यास पनि थालिसकेका थिए। रोहितले सन् २०१३ इन्डोनेशियन लिग पिएसपिएस पेकनबारुबाट खेलेका थिए। सन् २०१३ मा उनी पेर्सिजामा आबद्ध भएका थिए। त्यसपछिका दुई सिजन उनी घाइते भए र इन्डोनेशियन लिग गुमाएका थिए। सन् २०१७ बाट भने लगातार रोहित पेर्सिजाबाटै खेलिरहेका छन्।

सन् २०१८ मा पेर्सिजाले लिग जित्दा, रोहित टिमका प्रमुख खेलाडी थिए। रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत बनेका थिए।  रोहितले मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट पनि सहिद स्मारक ए डिभिजन लिग खेलेका छन्। 

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्