चिनियाँ पर्यटकलाई रसुवागढी र तातोपानी नाकाबाट नेपाल प्रवेशमा रोक
काठमाडौं, माघ १५ : कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले दुई नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको छ।<....

काठमाडौं, माघ १५ : कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले दुई नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको छ।
बुधबार गृह मन्त्रालयले रसुवागढी–केरुङ र तातोपानी–खासा नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा १५ दिनका लागि नाकामा पर्यटकको आवागमन रोक्ने निर्णय गरिएको हो।
१५ दिनसम्ममा भाइरसको अवस्था उस्तै रहे पुनः अर्काे निर्णय गरिने छ। रसुवागढी र तातोपानी नाकाबाट प्रवेशमा रोक लगाइएको निर्णयबारे चिनियाँ पक्षलाई जानकारी गराइसकिएको उनले बताए।
चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सयभन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच हजारभन्दा बढीमा संक्रमण भएको छ। कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो।











