Kathmandu Press

सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आम माफी

दुई वर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्राउ गरेको थियो। सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन्। 
सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आम माफी

यांगुन, वैशाख २० : म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आम माफी दिएको छ।

दुई वर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्राउ गरेको थियो। सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन्। 

आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ। अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन्। सैनिक सरकारको विरोध गरेको हजारौँलाई कारगारमा कोचिएको छ। सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ। 

चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो। मङ्लबार उनले सैनिक सरकारका वरिष्ठ अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

चीनले म्यान्माको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैँ तत्पर रहने बताउँदै आएको छ। म्यान्मामा चीनको सहयोगमा विकास–निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन्। 

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्