Kathmandu Press

सामुदायिक सहकारीमा लुटपाट

कम्पाउण्ड भित्र ५ जनाको समूहले ३२ लाख ३१ हजार ७ सय ४५ रूपैयाँ र एक थान डिभीआर/एनभिआर चोरी गरेको संस्थाले जनाएको छ।
सामुदायिक सहकारीमा लुटपाट

काभ्रे, वैशाख १९ : पनौती ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि। को मुख्य कार्यालयमा लुटपाट भएको छ।

संस्थाको मुख्य कार्यालयमा १८ गते राति अन्दाजी १ः२० बजेको समयमा संस्थामा रहेको सुरक्षा गार्डलाई बन्धक बनाई नियन्त्रणमा लिई चोरी डकैती भएको संस्थाले जनाएको छ।

Hardik ivf

संस्थाका अध्यक्ष प्रकाश बञ्जाराद्वारा जारी गरिएको विज्ञप्तिमा घटना प्रति गहिरो दुःख ब्यक्त गर्दै घटनाको विषयमा सम्पूर्ण शेयर सदस्य महानुभावहरु तथा सरोकारवालाहरु प्रति लुटपाट भएको जानकारी दिइएको छ।

कम्पाउण्ड भित्र ५ जनाको समूहले ३२ लाख ३१ हजार ७ सय ४५ रूपैयाँ र एक थान डिभीआर/एनभिआर चोरी गरेको संस्थाले जनाएको छ। संस्थाले चोरीका विषयमा सम्पूर्ण जानकारी प्रहरी कार्यालयमा बुझाई अनुसन्धानका लागि अनुरोध गरेको र सम्बन्धीत प्रहरी कार्यालयले अनुसन्धान शुरु गरीसकेको जानकारी दिएको छ।

नगद, भवन तथा सम्पत्ती सामानहरुको पूर्ण रुपमा विमा गरेकोले यस घटनाबाट संस्था र संस्थाका शेयर सदस्यहरुलाई आर्थिक रुपमा कुनैपनि असर नपर्ने संस्थाले जानएको छ।

संस्थाले उक्त घटनाबाट अन्य बैंक तथा वित्तीय संस्था, सहकारी संघ÷संस्थाहरुले समेत सुरक्षाको लागि थप सचेत भई सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: २१:३७ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्