Kathmandu Press

वृद्ध वृद्धाहरूलाई घर घरमै सम्मान

वृद्ध वृद्धाहरूलाई घर घरमै सम्मान

काभ्रे, वैशाख १९ : बेथानचोक गाउँपालिका वडा नं –३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ। वडा कार्यालयको आव २०७९/८० को स्वीकृत निति तथा कार्यक्रम अन्तर्गत वडा अध्यक्षसँग वृद्धवृद्धा कार्यक्रम अनुसार सो कार्यक्रम सम्पन्न गरियको हो।

वडाअध्यक्ष कुवेर ढकालको नेतृत्वमा वडा सदस्यहरू वाशु तिमल्सिना, बलराम बजगांई, चरिमाया तामाङ र सुनिता कामी संलग्न भयको कार्यक्रममा कर्मचारीहरू राजकुमार श्रेष्ठ सहित स्थानीय नेता दलबहादुर मगरको उपस्थिती थियो।

Hardik ivf

342072806_725232706063884_7477501400715322731_n1683042426.jpg

वडा नं. ३ च्याल्टि डाँडा, बोल्दे, गोर्खाली गाउँ, लप्सिबोट, महांकाल डाँडा बतासे ,फाँट, कुनेखर्क मा बसोवास गर्नु हुने र वडा नं ३ मा स्थाई ठेगाना भई पनौती, बनेपा र काठमाडौंमा बसोवास गर्ने ८० बर्षदेखि १०७ बर्ष सम्मका ३० जना वृद्ध वृद्धाहरूलाई घरघरमा पुगि भेटघाट सहित सम्मान गरिएको थियो ।

341972833_791242255488697_7480624004154787045_n1683042425.jpg

यस कार्यक्रमले जनप्रतिनिधिसहित वडा कार्यालय र वृद्ध वृद्धाहरू बिचमा आपसी सद्भाव कायम रहने र वडाको उपस्थिती घरघरमा हुने महसुस वृद्धाहरूले गर्ने हुँदा विगत देखिको यो कार्यक्रम अत्यन्त फलदायी भएको वडा सदस्य वासु तिमल्सिनाले जानाकारी गराए।

342116658_1483133229129363_5514113480272120552_n1683042425.jpg

प्रकाशित मिति: २१:२९ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्