Kathmandu Press

आर्थिक वृद्धिदर १.८६ प्रतिशत मात्र

आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।
आर्थिक वृद्धिदर १.८६ प्रतिशत मात्र

काठमाडौं, वैशाख १९ : चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशत हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक विभागले मंगलवार उक्त अनुमान सार्वजनिक गरेको हो।

सरकारले भने गत वर्षको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो। तर १.८६ प्रतिशत मात्र वृद्धिदर हुने अनुमान विभागको छ। आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।

Hardik ivf

नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको पनि विभागले जनाएको छ । आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुनेछ ।

 

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्