Kathmandu Press

‘मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण’

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज भएकाे उद्घाटन उद्घाटन कार्यक्रममा उनले यस्ताे बताएका हुन्।
‘मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण’

गैंडाकोट, वैशाख १८ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज भएकाे उद्घाटन उद्घाटन कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

'यो अत्यन्तै पुरानो धार्मिकस्थल हो', उनले भने, 'यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन्।'

मौलाकालिका मन्दिरमा शक्तिप्रति आस्था राख्ने बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पुर्‍याउने उनले बताए। 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्