Kathmandu Press

याे जिल्लाकाे नामकरण नवलपुर भनेर गर्नुपर्छ : डा. शशांक कोइराला

'यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्रीज्यू।'
याे जिल्लाकाे नामकरण नवलपुर भनेर गर्नुपर्छ : डा. शशांक कोइराला

गैंडाकोट, वैशाख १८ : नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रतिनिधिसभा सदस्य प्रा.डा. शशाङ्क कोइरालाले आफ्नो जिल्लाको नाम नवलपुर हुनुपर्ने बताएका छन्।

'देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुन सकेको छैन', प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै कोइरालाले भने, 'यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्रीज्यू।'

Hardik ivf

भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवणी भन्सार पनि यहीँ पर्ने जनाउँदै उनले यसको समेत स्तरोन्नति गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलमैदानका लागि जग्गा प्राप्ति भइसकेको र त्यसका लागि बजेट पार्नुपर्ने उनले बताए। त्यसैगरी बुटवलदेखि नारायणगढसम्मको दूरीमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यस क्षेत्रमा ट्रमा सेन्टर नभएकाले चाँडो ट्रमा सेन्टर निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिए।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्