तातोपानी नाका दुईतर्फी सञ्चालनमा
आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए।काठमाडाै., वैशाख १८ : तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो।
आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए।
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो।
यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ।
सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए।
प्रकाशित मिति: १४:०९ बजे, सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१