Kathmandu Press

यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो।
यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

काठमाडाैं, वैशाख १८ : यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो।

Hardik ivf

स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन्। बाँध भत्किएर आएको बाढीले एउटा मस्जिद बगाउँदा त्यहाँ रहेका चार जनाको मृत्यु भएको छ।

बाढीले आसपासका घरमा समेत क्षति पुर्‍याएको छ। यो प्रान्त सन् २०१४ देखि हुथी समूहको नियन्त्रणमा छ। हुथी विद्रोहीले प्रान्तमा नियुक्त गरेका अधिकारी अदेल इसाले भारी वर्षा र मुसलधारे बहावका कारण बाँध भत्किएको बताए।

सानाका अधिकारीहरूले घटनास्थलमा दुईवटा उद्धार र एम्बुलेन्स गाडीहरू पठाएको उनले बताए। 

यसैबीच, यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले अल महविटलगायत विभिन्न प्रान्तका नागरिकलाई भारी वर्षाको चेतावनी जारी गर्दै वर्षाको समयमा र पछि मुसलधारे बाटो, बेंसी र चट्टानहरूमा यात्रा नगर्न सल्लाह दिएको छ। 

प्रकाशित मिति: १४:०० बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्