शेयर बजार १९ अंकले घट्यो
आज नेप्से परिसूचक १९ दशमलव ११ अंकले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो।काठमाडौं, वैशाख १७ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ११ अंकले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो।
आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इन्डेक्स दुई दशमलव ९५ र फ्लोट इक्डेक्स एक दशमलव ३४ अंकले घटेको छ।
त्यस्तै, सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ८७ दशमलव १७ र निर्जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६६ अंकले घटेको छ। आज बैंकिङ समूह नौ दशमलव ४७, विकास बैंक समूह ४२ दशमलव ६७, वित्त समूह २०, होटल तथा पर्यटन समूह २६ दशमलव ९३ र जलविद्युत् समूह ४५ दशमलव ४४ अंकले घटेको छ।
यसैगरी, लगानी समूह शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव २२, लघुवित्त समूह ३१ दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव १९, व्यापार समूह ३५ दशमलव ४१ र अन्य समूह १८ दशमलव २८ अंकले घटेको छ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को शेयर मूल्य सबैभन्दा धेरै तीन दशमलव ३३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको शेयर मूल्य आठ दशमलव ८९ अंकले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू चार करोड २५ लाख १० हजार आठ सय बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एक लाख ९५ हजार एक सय ७८ कित्ता शेयर किनबेच भएको छ।