Kathmandu Press

टेलिकमद्वारा सूचना प्रविधि दिवस अफर उपलब्ध

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ। 
टेलिकमद्वारा सूचना प्रविधि दिवस अफर उपलब्ध
Hardik ivf

काठमाडौं, वैशाख १७ : नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ।
 
दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाटा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ। यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ। 

यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।
 
यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १९९ रूपैयाँमा सात दिन चलाउन सकिने १३ जिबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जिबी डाटा र रु ३९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ।
 
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ। 

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्