Kathmandu Press

कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत

उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ) को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ।
कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत
Hardik ivf

लुधियाना (पञ्जाब), वैशाख १७ : पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन्।

उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ) को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ।

एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन्। अनुसन्धान जारी छ। 

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्