Kathmandu Press

ब्युटिपार्लर जान नपाएकाे झाेंकमा आत्महत्या

गत बिहीबार आफूलाई पतिले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ।
ब्युटिपार्लर जान नपाएकाे झाेंकमा आत्महत्या

गया (विहार), वैशाख १७ : मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले ब्युटिपार्लर जान नपाएकाे झाेंकमा आत्महत्या गरेकी छन्।

गत बिहीबार आफूलाई पतिले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ।

१५ वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए। 
रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेकाे अनुसन्धान अधिकृत उमाशंकर यादवले बताएका छन्।

बिहीबार साँझ कामबाट घर फर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्