तीन सन्तान झुन्ड्याएर मारी आमाद्वारा आत्महत्या
जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।
गया (विहार), वैशाख १७ : विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन्।
जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन्।
छिमेकीहरूले पनि मालतीको आत्महत्याको कारण उनका पति नै भएको बताएका छन्। घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ।
मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ।
प्रकाशित मिति: १२:३८ बजे, आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार