कांग्रेस नमोबुद्धले गर्यो नगर सम्मेलन
सम्मेलनले तल्लो तहसम्म पार्टीका संरचना र गतिविधी केन्द्रीत गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, श्रमदान, अन्तरक्रिया लगायतका कार्यक्रम तय गर्ने निर्णय गरेको छ।
काभ्रे, वैशाख १७ : नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले नगर सम्मेलन सम्पन्न गरेको छ। पार्टीको विधान बमोजिम गर्नुपर्ने नगर सम्मेलन नगर कार्यसमितिले शनिवार सम्पन्न गरेको हो।
सम्मेलनमा नगरबाट जिल्ला, प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, भातृ तथा शूभेच्छुक तथा भातृ संस्थाका प्रमुख, पदाधिकारी र कृयाशिल सदस्यहरुको सहभागिता थियो।
सम्मेलनले तल्लो तहसम्म पार्टीका संरचना र गतिविधी केन्द्रीत गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, श्रमदान, अन्तरक्रिया लगायतका कार्यक्रम तय गर्ने निर्णय गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङले विभिन्न भ्रमहरु चिर्दै नेतृत्व अघि बढ्नुपर्ने तर्क गरे। नमोबुद्ध नगर प्रमुख समेत रहेका कांग्रेस नगर सभापति कुनसाङ लामाले आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर संगठन निर्माणमा जोड दिए।
कार्यक्रममा काभ्रे क्षेत्र नं. १ का सदस्य कमला खनाल, प्रदेश सभा १ (ख) का सदस्य रसिला खनाल, नमोबुद्ध नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, महेन्द्र थिङ, सहसचिव रमेश तिवारीलगयातको उपस्थिति थियो।









-(86)-1764936079.jpg)


-1764760320.jpg)