अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा
'देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो,' उनले भने।
मकवानपुर, वैशाख १७ : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि हेटौंडामा आयोजना गरेको कार्यक्रममा डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए।
'देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो,' उनले भने।
उनले अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको बताए। नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुने उनले बताए। खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने बताए।
प्रकाशित मिति: ०७:११ बजे, आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











