Kathmandu Press

धूमपान गरेको सहपाठीले देखेपछि कुटीकुटी हत्या

आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटामारी गरेर हत्या गरेका प्रहरीले जनाएको छ।
धूमपान गरेको सहपाठीले देखेपछि कुटीकुटी हत्या

नयाँदिल्ली, वैशाख १६ : नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटीकुटी मारेका छन्। 

आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटामारी गरेर हत्या गरेका प्रहरीले जनाएको छ। शुक्रबार एमसिडी विद्यालयका कक्षा ८ का छात्रको शव नालामा भेटिएपटि हत्याको रहस्य खुलेको हो। 

आफ्नै सहपाठीलाई कुटपिट गरेर मारेको अभियागमा प्रहरीले दुवै जना अभियुक्तलाई पक्राउ गरेको छ। विद्यालय परिसरमा धूमपान गरेको देखेका उनले विद्यालय प्रशासनलाई त्यसबारेमा जानकारी दिने बताएपछि अभियुक्तद्वयले निजलाई प्रलोभनमा पारेर सुनसानस्थानमा बोलाएका थिए। 

उनीहरूले निजलाई लट्ठीजस्तो कुनै भुत्ते वस्तुले बारम्बार टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट ज्ञात भएको छ। अभियुक्तहरूलाई बाल न्याय कार्यालयमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:३४ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्