Kathmandu Press

फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता

फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्येएउटा सिएरा लियोन ध्वजा वाहक जहाज दुर्घटनामा पल्टिँदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार अस्पताल लगिएकाे जनाइएकाे छ। 
फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता

काठमाडाैं, वैशाख १६ : फिलिपिन्सको कोरेगिडोर टापुमा दुई जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन्। 

फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्येएउटा सिएरा लियोन ध्वजा वाहक जहाज दुर्घटनामा पल्टिँदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार अस्पताल लगिएकाे जनाइएकाे छ। 

त्यसैगरी पिसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ। बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ।

प्रकाशित मिति: १५:१० बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्