नेपाल व्यवसाय शिखर सम्मेलन वैशाख २४ गते काठमाडौंमा
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन्।
काठमाडाैं, वैशाख १५ : नेपाल व्यवसाय शिखर सम्मेलन २०८० वैशाख २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन्।
अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो।
सम्मेलनका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त शिखर सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरुमाथि विचार विमर्श हुने सिबिफिनका अध्यक्ष पवन गोल्यानले जानकारी दिए।
आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने उहाले बताए।
प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











