तरलताको अवस्थामा सुधार हुँदैछ : गभर्नर अधिकारी
सोधानान्तर स्थीति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगाएत तरलता पनि सुधार आएको बताउँदै गभर्नर अधिकारीले मुद्रास्फिति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको उल्लेख गरे।काठमाडौं, वैशाख १४ : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु क्रमशः सुदृढ हुँदै गएको बताएका छन्।
राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले तरलताको अवस्थामा पनि क्रमिक सुधार र ब्याजदर माथिको दवाब पनि कम हुँदै गएकाले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु क्रमशः सुदृढ हुँदै गएको बताए।
सोधानान्तर स्थीति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगाएत तरलता पनि सुधार आएको बताउँदै गभर्नर अधिकारीले मुद्रास्फिति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको उल्लेख गरे।
केही बैंकहरुले व्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरु सुधार हुँदै जाने देखिएको उनले उल्लेख गरे। गभर्नर अधिकारीले राजस्व चूहावट नियन्त्रणमा थप सक्रियता अपनाइएका कारण राजस्व संकलनमा सुधार हुने अपेक्षा राखिएको धारणा राखे।
नेपाली अर्थतन्त्र बढी आयात र विप्रषणमा निर्भर रहेकाले विश्व अर्थतन्त्रको प्रभावको सामना गदै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चूनौतिपूर्ण रहेको उनले बताए। वित्तिय स्थायीत्व कायम राख्दै समष्टिगत आर्थिक स्थीतिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक प्रतिवद्ध रहेको उनको भनाई थियो ।