Kathmandu Press

करदातालाई दुःख नदिन मन्त्री महतले कर्मचारीलाई दिए निर्देशन 

बिहीबार विराटनगर आएका मन्त्री महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न पनि निर्देशन दिए।
करदातालाई दुःख नदिन मन्त्री महतले कर्मचारीलाई दिए निर्देशन 

विराटनगर, वैशाख १४ : अर्थमन्त्री डा.प्रकाशशरण महतले राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्।

बिहीबार विराटनगर आएका मन्त्री महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न पनि निर्देशन दिए। मन्त्री डा.महतले भने, ‘समग्रमा हामी पारदर्शिताका साथ काम गरौं, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौं, राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिऔं। नियम कानुनअनुसार काम गरौं। गर्नुपर्ने काममा सम्झौता नगरौं।’

Hardik ivf

विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा रहेका कारण कर्मचारीले ‘माथि’ देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री महतले खवरदारी पनि गरे। 

‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ,’ निर्देशन दिँदै मन्त्री महतले भने। उनले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि बताए। आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने अपेक्षा आफूले गरेको पनि महतले बताए। 
 

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्