Kathmandu Press

चितुवाको छालासहित दुई युवक पक्राउ

दाङ, माघ १४ : चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।

जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका&....

चितुवाको छालासहित दुई युवक पक्राउ

दाङ, माघ १४ : चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।

जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद भेटिएको थियो।

प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्