Kathmandu Press

चरेससहित तीन युवक पक्राउ

तुलसीपुर, माघ १४ : दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन्।

उनीहरूलाई गएराति तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट पक्रा....

चरेससहित तीन युवक पक्राउ

तुलसीपुर, माघ १४ : दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन्।

उनीहरूलाई गएराति तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका अनिल पुनमगर, आठबिसकोट नगरपालिका–९ का भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का बहादुर बोहरा रहेका छन्।

उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जनाएको छ। तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान सुरू गरेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्