भारतमा कोरोनाका बिरामी बढे
मंगलबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ दिल्ली, वैशाख १३ : भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्।
मंगलबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन्।
मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए।
हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन्भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड १९बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४२ बजे, बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












