Kathmandu Press

डिजिटल बन्दै वीरगंज

वीरगंज, फागुन ५ : वीरगंज महानगरलाई डिजिटल शहर बनाइने भएको छ । यसका लागि प्राविधिक काम थालिएको छ ।

वीरगंजमा पुस २७ देखि मेट्रिक प्रविधि विल्स....

डिजिटल बन्दै वीरगंज
काठमाडौं प्रेस

वीरगंज, फागुन ५ : वीरगंज महानगरलाई डिजिटल शहर बनाइने भएको छ । यसका लागि प्राविधिक काम थालिएको छ ।

वीरगंजमा पुस २७ देखि मेट्रिक प्रविधि विल्स किलोमिटर नाप नक्साङ्कन र घर नम्बरीङको काम थालिएको हो । माघ १० देखि ईनोनेटिभ सोलुशनस प्रालि चाकुपाट ललितपुरले सुरु गरेको डिजिटलाईजेशनसको काम अबको एक हप्ताभित्र सकिने ईनोनेटिभ सोलुशनस प्रालिका कोर्डिनेटर शिभकान्त दुबेले बताए ।

Hardik ivf

“हाल वीरगंज महानगरको वडा नम्बर १ देखि १६ सम्म मेट्रिक प्रविधिमार्फत घर नम्बरीङलगायतकोे काम भइरहेको छ,” दुबेले भने । दुई–दुई जनाको समूहमा चारवटा टोली खटिएका छन् । अहिलेसम्म २२ हजारभन्दा बढी घरको काम सकिएको छ । अब बाँकी करिब तीन हजार घरको नाप नक्साको काम पनि एक हप्ता भित्रै सकिने उनले बताए ।

सर्वे र नाप नक्साङ्कनको काम सकिएलगतै सम्पुर्ण डाटालाई घर र एरिया अनुसारको कोड गुगल म्यापसँग लिंक गर्ने काम गरिने योजना रहेको वीरगंज महानगरले जनाएको छ ।

डाटा निकै संवेदनशिल रहेकाले घर बहालवालाको नाम बताउन चाहे मात्रै राख्ने गरी हाउस नम्बरीङको काम भइरहेको महानगरले जनाएको छ । हार्डवेयर र सफटवेयरको काम सकिएलगतै घरको पहिचानको लागि कोर्ड नम्बर सहितको नम्बर प्लेट लगाईने छ ।

 

प्रकाशित मिति: १०:५० बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्